७ मंसिर २०८१, शुक्रबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को तेह्रथुममा १ र सुनसरीमा ४ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को बारा र महोत्तरीमा १÷१ जनामा कोरोना पाइएको छ।

प्रदेश २

प्रदेश २ को धुनषामा २, पर्सामा १, बारामा २ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ६ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १६, धादिङमा १, नुवाकोटमा ५, भक्तपुरमा ५, मकवानपुरमा १ र ललितपुरमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा २, तनहुँमा २, म्याग्दीमा १, लमजुङमा २ र बागलुङमा २ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, गुल्मीमा २, पाल्पामा २, बाँकेमा २ र रोल्पामा १ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !