काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२२१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म २० लाख ६४ हजार ८१ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३०२२ जना आइसोलेसनमा रहेकामध्ये १२४९ संस्थागत आइसोलेसनमा र १७७३ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १११ जना रहेका छन् ।
१५७ जना कोरोना संक्रमितमध्ये ९८ जना पुरुषहरु र ५९ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४८ जना पुरुषहरु र ३४ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा ६३ जना, ललितपुर जिल्लामा १४ जना र भक्तपुर जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ३३३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ६५ हजार ६९८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२५ पुगेको छ ।
प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण
प्रदेश १
प्रदेश १ को उदयपुरमा १, झापामा २, पाँचथरमा १ र सुनसरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ५ रहेको छ ।
प्रदेश २
प्रदेश २ को धुनषामा २, पर्सामा १, बारामा २ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ६ रहेको छ ।
बागमती प्रदेश
बागमती प्रदेशको काठमाडौंमा ६३, काभ्रेपलान्चोकमा १, चितवनमा २, दोलखामा २, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ५, ललितपुरमा १४ र सिन्धुलीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ९२ रहेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशको कास्कीमा २०, तनहुँमा ३, पर्वतमा १, म्याग्दीमा ४, लमजुङमा २, बागलुङमा ३ र स्याङजामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ३४ रहेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको कपिलवस्तुमा १, गुल्मीमा ४, दाङमा १, पाल्पामा १, बर्दियामा ३, बाँकेमा १ र रुपन्देहीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १५ रहेको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशको जाजरकोटमा १ जनामा कोरोना संक्रमित देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा १ जना रहेको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १, कैलालीमा १ र बतैडीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ४ रहेको छ ।