२१ पुस २०८१, आइतबार

काठमाडौं उपत्यकामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १२६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ९९ जना, ललितपुर जिल्लामा १८ जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२८६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ८२ हजार २४६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४४२२ जना आइसोलेसनमा रहेकामध्ये ३२४३ संस्थागत आइसोलेसनमा र ११७९ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २९७ जना रहेका छन् ।

२५९ जना कोरोना संक्रमितमध्ये १६० जना पुरुषहरु र ९९ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १२६ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७८ जना पुरुषहरु र ४८ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । पछिल्लो २४ घण्टामा ५१३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५८ हजार ४४१ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१७ पुगेको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !