१२ असार २०८१, बुधबार

पछिल्लो २४ घण्टामा ६०८ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१४२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ३९२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ७०९२ जना आइसोलेसनमा रहेकामध्ये ३३८२ संस्थागत आइसोलेसनमा र ३७१० जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६९ जना रहेका छन् ।

६०८ जना कोरोना संक्रमितमध्ये ३७१ जना पुरुषहरु र २३७ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २७९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १६४ जना पुरुषहरु र ११५ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा  २१२ जना, ललितपुर जिल्लामा ४७ जना र भक्तपुर जिल्लामा २० जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ८९२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४८ हजार २९२ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८१६ पुगेको पुष्टि भएको छ ।

*गल्ती सच्चाइएको

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !