१२ असार २०८१, बुधबार

नेपालमा आज थपिए १४४२ जना नयाँ कोरोना संक्रमित


कोरोना भाइरस

काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १४४२ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७३१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख २३ हजार ७५४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २८८७८ जना आइसोलेसनमा रहेकामध्ये २४५७ संस्थागत आइसोलेसनमा र २६४२१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १०१३ जना रहेका छन् ।

१४४२ जना कोरोना संक्रमितमध्ये ९०८ जना पुरुषहरु र ५३४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १०३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ६३५ जना पुरुषहरु र ४०३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ८२२ जना, ललितपुर जिल्लाका १६८ जना र भक्तपुर जिल्लाका ४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३५३८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२५९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

३११२ पिसिआर परीक्षण गर्दा ५०२ जनामा देखियो कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !