११ आश्विन २०८१, शुक्रबार

काठमाडौँमा १४३१ सहित उपत्यकामा आज १७०२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक ४ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १४३१ जनासहित १७०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १४३१ जना, ललितपुर जिल्लाका १२३ जना र भक्तपुर जिल्लाका १४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हिजो काठमाडौं उपत्यकामा २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३८६१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख १४ हजार १७९ पीसीआर परीक्षण गरिसकिएको छ ।

सक्रिय संक्रमितको संख्या ४१७७५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १३५५९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा २८१९६ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४२२० जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १४३१ जना, ललितपुर जिल्लाका १२३ जना र भक्तपुर जिल्लाका १४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३०९३ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३९१२९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २१०८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९६६०९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा २००८ सहित उपत्यकामा आज २३८८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !