१२ असार २०८१, बुधबार

राप्रपा अध्यक्ष कमल थापामा कोरोना संक्रमण पुष्टि


कमल थापा

काठमाडौं, असोज २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अध्यक्ष थापाले बुधबार सामान्य टाउको दुखेका कारण कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखिएको विहीबार ट्वीटर मार्फत् जानकारी दिएका हुन् ।

अध्यक्ष थापाले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध पनि गरेका छन् । थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन् । उनी अहिले होम आइसोलेसनमा नै बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !