१२ असार २०८१, बुधबार

नेपालमा कोरोना जित्नेको संख्या ८४ हजार नाघ्यो, थप ३५६४ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज २९ । नेपालमा पछिल्लो २४ घण्टामा ३५६४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८४५१८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १६९३ जना, ललितपुर जिल्लाका १०८ जना र भक्तपुर जिल्लाका १३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३७४९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१७४५ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ८० हजार नाघ्यो, थप २१७४ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !