काठमाडौँ, असोज २८ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २६३८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११७९९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३९४७ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १२ लाख २१ हजार ३८ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३६३६७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १४८१९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा २१५४८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४६६६ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा आज १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ९९६ जना, ललितपुर जिल्लाका ३०५ जना र भक्तपुर जिल्लाका १०२ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २१७४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८०९५४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १ लाख १५ हजार नाघ्यो, आज थपिए नयाँ ३५५६ संक्रमित