७ मंसिर २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या १ लाख १५ हजार नाघ्यो, आज थपिए नयाँ ३५५६ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असोज २७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३५५६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११५३५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५५७७ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १२ लाख ७ हजार ९१ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३५९१५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १५०४८ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा २०८६७ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४७९५ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १७४६ जना, ललितपुर जिल्लाका २१६ जना र भक्तपुर जिल्लाका १६७ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १५०३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७८७८० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको पुष्टि भएको छ ।

आज नेपालमा कोभिड-१९ को अवस्था

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १ लाख ११ हजार नाघ्यो, आज थपिए नयाँ ४०४७ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !