१२ आश्विन २०८१, शनिबार

चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असोज २३ । चितवन जिल्लामा थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा थप ३५ जनामा संक्रमण  पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असोज २३ गते २८९ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ३५ वटा नमुनाको नतिजा पोजेटिभ र २५४ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

कोरोना संक्रमण देखिएकाहरुमध्ये चितवनको भरतपुर महानगरपालिकाका १७ जना, राप्तीका ५ जना, इच्छामनकामनाका २ जना, खैरहनीका १ जना रत्ननगर नगरपालिकाका ६ जना र माडी नगरपालिकाका ४ जना रहेका छन ।

यो पनि पढ्नुहोस्

चितवनका २७ जनासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !