१२ आश्विन २०८१, शनिबार

चितवनका २७ जनासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असोज २३ । चितवन जिल्लामा थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २७ जनासहित थप ३० जनामा संक्रमण  पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असोज २२ गते २२० वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ३० वटा नमुनाको नतिजा पोजेटिभ र १९० वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

कोरोना संक्रमण देखिएकाहरुमध्ये चितवनको भरतपुर महानगरपालिकाका १५ जना, राप्तीका ६ जना, खैरहनीका २ जना र रत्ननगर नगरपालिकाका ४ जना रहेका छन ।

त्यस्तै ३ जना अन्य जिल्लाका रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । चितवन बाहिरका नवलपरासीका २ जना र मकवानपुरका १ जना रहेका छन् ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !