२२ भाद्र २०८१, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोना संक्रमण पुष्टि


डोनाल्ड ट्रम्प र अमेरिका संकटको संघारमा

काठमाडौँ, १५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । श्रीमतीसहित आफ्नो रिपोर्ट पोजेटिभ आएको ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी गराएका छन् ।

मिलेर छिट्टै संक्रमणबाट निको उनले विश्वास व्यक्त गरेका छन् । ट्रम्प केही दिनदेखि क्वारेन्टाइनमा थिए । राष्ट्रपति चुनावको दौडमा रहेका बेला उनलाई कोरोना संक्रमण भएपछि उनको चुनावी प्रभावित हुने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस संक्रमण भएको छ । सीएनएनका अनुसार पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै स्थानमा राष्ट्रपतीय चुनावी बहसका कार्यक्रममा हिँडेकी थिइन् ।

राष्ट्रपति ट्रम्पले बिहीबार राति सल्लाहकारको रिपोर्ट पोजेटिभ आएपछि आफ्नो समेत कोरोना परीक्षण गराएको जानकारी दिएका थिए । राष्ट्रपति ट्रम्पले श्रीमती मेलानियाको समेत बिहीबार बेलुकी कोरोना परीक्षण गराएको बताएका थिए ।

ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी प्रचार अभियान प्रभावित हुनेछ । ट्रम्प दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै उपराष्ट्रपति माइक पेन्सको कोरोना रिपोर्ट के आउँछ भन्ने चासो एकदमै बढेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोना संक्रमण पुष्टि

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !