८ मंसिर २०८१, शनिबार

बझाङका कोरोना संक्रमित सैनिकको काठमाडौँमा मृत्यु


शव अलपत्र

काठमाडौँ, १० असोज । नेपाली सेनाका अर्का एक जवानको कोभिड-१९ सङ्क्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निज जवानलाई यही असोज ६ गते लक्षण देखिएपछि आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गरिएकोमा त्यही निजको मृत्यु भएको जानकारी दिइएको छ । उनको पछिल्लो स्वाश परीक्षणमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो । यो घटनासँगै कोरोनाकारणबाट मृत्यु हुने सैनिकको सङ्ख्या दुई पुगेको छ । सेनामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १९७ रहेकामा निको हुने ५३९ छन् । सेनामा हाल कोरोना सक्रिय सङ्क्रमित एक हजार ६५६ रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !