६ आश्विन २०८१, आइतबार

कपिलवस्तुमा कोरोेना संक्रमणबाट मृत्यु


मृत्यु

कपिलवस्तु, २५ भदौ । कोरोना सङ्क्रमणबाट यहाँ थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका –६ का २९ वर्षीय पुरुष हुन् । मिर्गाैला र उच्च रक्तचापबाट बिरामी परेपछि उपचारका लागि काठमाडौँ शिक्षण अस्पताल लगिएकामा यही भदौ २२ गते उनमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेकोे सङ्ख्या ६ पुगेको छ ।

जिल्लामा आज थप ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २२४ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !