६ आश्विन २०८१, आइतबार

नवलपरासीमा ७ प्रहरीसहित एकैदिन ४० जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

परासी, भदौ २४ । पश्चिम नवलपरासीमा ७ प्रहरीसहित एकैदिन ४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बुधबार संक्रमण देखिएकामा सबैभन्दा बढी सुनवल नगरपालिकामा ४ वर्षीय बालकसहित २७ जना रहेको जिल्ला स्वास्थ्यले जानकारी दिएको छ ।

संक्रमण देखिएका प्रहरीमा सुनवल नगरपालिकास्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाका रहेका छन् । नगरपालिकाका वडाअध्यक्ष, सोही नगरपालिकामा बस्ने जिल्ला स्तरीय नेता र मुटु अस्तपतालमा उपचारका लागि गएका बिरामीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा कोरोना संक्रमण देखिएको हो ।

एकैदिन थपिएका अन्य १३ जनामा पाल्हीनन्दन गाउँपालिकामा ११ र रामग्राम नगरपालिकामा २ जना छन् । हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ३ सय १२ जना पुगेको छ। ५ सय ४९ को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !