३१ भाद्र २०८१, सोमबार

नेपाली काँग्रेस महामन्त्री डा. शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि


डा. शशांक कोइराला

काठमाडौं, भदौ २३। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा उनमा मंगलबार कोरोना पोजेटिभ देखिएको कोइरालाले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।

उनलाई सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा सोमबार ह्याम्स अस्पतालमा परीक्षण गराउँदा रिपोर्ट बोर्डर लाइनमा देखिएको थियो । त्यसपछि पुनः स्वाव संकलन गरेर सानेपास्थित स्टार अस्पतालमा परीक्षणका लागि पठाइएमा रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जानकारी दिएको छ ।

तर आफूमा हाल स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको नदेखिएको उनले बताएका छन् । चिकित्सकहरुकाे सल्लाह अनुसार हाल उनी हाेम आइसाेलेसनमा बसेका छन् । साथै उनीसंग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा आवश्यक सजगता अपनाउन उनले अनुराेध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु