पोखरा, भदौ २३। गण्डकी प्रदेशमा आज बिहान थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६६० जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:४० बजे प्रेस बिज्ञप्ति जारी गर्दै १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गोरखाको गोरखा नगरपालिका-७ का ५ जना, बारपाक लुलिकोट-५ र ७ का ३ जना, भीमसेनथापा-३ का १ जना र सिरानचोक-६ का १ जनामा कोरोना संक्रमण देखिएको हो ।
सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै कोरोना व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।
आज बिहान ११:२० बजे अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६५० जना पुगेको थियो ।