६ आश्विन २०८१, आइतबार

पर्सा र बाराका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

वीरगञ्ज, भदौ १७ । पर्सा र बारा जिल्लामा थप ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १३ जना र बाराका ५० जना गरी थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

अस्पतालमा ४९० जनाको स्वाब परीक्षण गरिएकोमा बाराका ५० तथा पर्साका १३ जना र गण्डक अस्पतालका एक जना गरी ६४ जनामा संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिनेमा ५ वर्षका बालकदेखि ७९ वर्षका वृद्धसम्म छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मा २ जना, १२ मा १ जना र १८ मा १ जनामा कोरोना देखिएको छ । यस्तै बहुदरमाई नगरपालिका-४ मा ५ जना, ५ मा १ जना , ६ मा २ जनामा संक्रमण पुष्टि भएको छ । साथै नारायणी अस्पतालमै गरिएको परीक्षणमा बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडाका गरी ५० जनामा संक्रमण देखिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !