६ आश्विन २०८१, आइतबार

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालमा कोरोना संक्रमण पुष्टि


डा. भोला रिजाल

काठमाडौं, भदौ १५ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतिलाई कोरोना भारइस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । १३ गते शनिबार स्वाब संकलन गरी ह्याम्स अस्पतालमै परीक्षण गर्दा दुवै जनालाई कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएपछि उनी पत्नी सरलासहित सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोना संक्रमण पुष्टि भएपनि कोरोनालाई जितेर फर्किने डा. रिजालले बताएका छन् । उनीहरु दुवै जनामा कोरोना संक्रमण देखिएपछि उनका परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !