८ जेष्ठ २०८१, मंगलबार

१० महिने शिशुसहित चितवनमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौं १५ । चितवन जिल्लामा हिजो १० महिने शिशुसहित थप ६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । भरतपुर अस्पतालले आज ३ पटक कोरोना विवरण अध्यावधिक गर्दै ११ जना, ३५ जना र २१ जना गरी ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

भरतपुर अस्पतालका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट प्राप्त अनुसार भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट पठाइएको नमुनामा परिक्षण भएका २०१ नमुनामध्ये ११ ओटा नमुनाको कोरोना संक्रमण पुष्टि भएको हो भने बाँकी १९० नमुनाको नेगेटिभ रिपोर्ट आएको छ । अध्यावधिक विवरण अनुसार भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट २३,२४,३०,९,१७,२१,६४ र ४३ वर्षीय पुरुषहरु ८ जना र ३९,११ र ३४ वर्षीय महिला ३ जना गरी ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालले गरेको दोस्रो अध्यावधिक विवरण अनुसार धुलिखेल परिक्षण प्रयोगशालाबाट पिसिआर परिक्षण भएका नमुनाहरुको नतिजा अनुसार ४६७ नमुना परिक्षण भएकोमा ६१ वटा नमुनाको नतिजा कोरोना पोजिटिभ देखिएको छ । उक्त पोजिटिभ ६१ मध्ये २६ वटा नमुनाको यस अघि नै अध्यावधिक गरि सकिएको छ भने नयाँ ३५ वटा नमुनाको कोरोना पुष्टि भएको जानकारी दिएको हो । तीमध्ये २१ जना पुरुषहरु र १४ जना महिला रहेका छन् ।

भरतपुर अस्पतालले गरेको तेस्रो अध्यावधिक विवरण अनुसार चितवनमा आज आइतबार राति थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आइतबार राति १० बजेसम्म गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाकामध्ये ६ जना महिलाहरु र ६ जना पुरुषहरु रहेका छन् । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

यस्तै राप्ती क्वारेन्टिनबाट गरिएको स्वाब संकलनवाट पूर्वी चितवनको राप्ती नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएकामध्ये १० महिने शिशुसहित ४ जना महिलाहरु र २ जना पुरुषहरु रहेका छन् ।

साथै भरतपुर अस्पताल, क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट गरिएको स्वाब संकलनवाट गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

चितवन आज थप ६७ जनामा देखियो कोरोना संक्रमण

चितवन आज थप ६७ जनामा देखियो कोरोना संक्रमण

चितवन आज थप ६७ जनामा देखियो कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !