७ आश्विन २०८१, सोमबार

पर्साको वीरगञ्जमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि


नारायणी अस्पताल

वीरगञ्ज, भदौ ११ । पर्सा जिल्लाको वीरगञ्जमा थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा हिजो बुधबार राति ५१० जनाको नमुना परीक्षण गर्दा स्वास्थ्यकर्मीसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको हो ।

कोरोना संक्रमित हुनेमा बाराका ६ जना, रौतहटका ३ जना र बाँकी २४ जना पर्साका बासिन्दा हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरमा पनि कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको क्वाटरमा बस्ने थप २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ७ जना र कालिकामाई गाउँपालिका-५ विरन्चीवार्वामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बाराको महानगढीमाई नगरपालिकामा ४ जना र कबहीमा १ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको गौर कारागारमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी गुल्म नम्बर १५ मा २ जना र जीतपुर आर्मी ब्यारेकमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै वीरगन्जको गण्डक चौक, राधेमाई, घडीअर्वा, इनर्वा, रानीघाटमा पनि कोरोना संक्रमित थपिएका छन् । पर्सामा हालसम्म २१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४४४ जना कोरोनामुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !