७ आश्विन २०८१, सोमबार

कैलालीका १३ सहित सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि


कोरोना भाइरस

धनगढी, भदौ १० । कैलाली जिल्लाका १३ जनासहित सुदूरपश्चिम प्रदेशका थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा ६५० जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको छ भने ६३३ वटा नमुनाको नतिजा नेगेटिभ आएको छ ।प्रयोगशाला इन्चार्ज भूषालका अनुसार कैलालीका १३ जना, कञ्चनपुर र डडेल्धुराका १/१जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कैलालीको गोदावरी नगरपालिका १२ जना, धनगढी उपमहानगरपालिकाका १ जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका २ जना, डडेल्धुराको अजयमेरु गाउँपालिकाका १ जना र आलीताल गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीका १३ सहित सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !