१२ असार २०८१, बुधबार

सुदूरपश्चिम प्रदेशको कैलालीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

धनगढी, भदौ ६ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टिमा आज अपरान्ह थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह २ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ४ जना महिलाहरु र ९ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९०१ जनाको कोरोना परीक्षण गर्दा कैलालीका १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीको लम्कीचुहाका ७ जना, कैलालीको कैलारीका ३ जना, धनगढी उपमहानगरपालिका-५ र १ का २ जना र कलालेको भजनी-७ क १ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !