७ आश्विन २०८१, सोमबार

नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि


नारायणी अस्पताल

वीरगञ्ज, भदौ ६ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा हिजो शुक्रबार राति गरिएको परीक्षणमा ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएकाहरुमा बाराका ५ जना, रौतहटका १ जना र अन्य सवै पर्साका रहेका छन् ।

अस्पताल स्रोतका अनुसार ४५० वटा नमूना परीक्षण गर्दा ८ महिलासहित ६० जनामा कोरोना संक्रमण देखिएको हो । ३० जना कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमित पाइएका छन् । ५ जना संक्रमितमा ज्वरो, खोकी र छाती दुख्ने लक्षण देखिएको छ ।

६० जना संक्रमितमध्ये २५ जना पर्साको पर्सागढी नगरपालिकाका बासिन्दामध्ये १७ जना कोरोना संक्रमित वडा नम्बर ६ वागेश्वरीका रहेका छन् । ठोरी गाउँपालिका-१ मा २ जना र वडा नम्बर ४ मा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

पटेर्वासुगौली गाउँपालिकामा ३ जना, सखुवाप्रसौनी गाउँपालिकामा १ जना र पकाहामैनपुर गाउँपालिकामा २ जना स्वास्थ्यकर्मीसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत १ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ ।

वीरगञ्जको एक औषधि उद्योगका ८ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । अन्य संक्रमितहरु वीरगञ्जको विर्ता, ड्राईपोर्ट, रानीघाट, नगवा, मुर्ली र बेल्वाका बासिन्दा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !