काठमाडौँ, भदौ ३। काठमाडौं उपत्यकामा आज १५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १३४ जना, ललितपुर जिल्लाका १७ जना र भक्तपुर जिल्लाका ८ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।
यो पनि पढ्नुहोस्
काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै बढी २०५ जनामा कोरोना संक्रमण पुष्टि