७ आश्विन २०८१, सोमबार

पर्सा र बारामा थप २३ जनामा देखियो कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

वीरगञ्ज, साउन ३१ । पर्सा र बारामा जिल्लामा थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल स्रोतले दिएको जानकारी अनुसार शुक्रबार अबेर राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका २१ जना सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पताल स्रोतले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूषहरु र ७ जना महिलाहरु रहेका छन् । कोरोना संक्रमण पुष्टि हुनेहरुमा ११ वर्षीय बालकदेखि ६० वर्षीय बृद्घ पुरुष समेत रहेका छन् । वीरगन्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै संक्रमित रहेका छन् ।

संक्रमितहरु हुनेहरुमा अच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज सरकारी वकिल कार्यालयका २८ वर्षीय १ जना खरिदार समेत रहेका छन् । वीरगन्ज बसर्पाकमा रहेको हिमाल भान्सा घर होटलमा कार्यरत ३५ बर्षीय कर्मचारी १ जना, वीरगन्ज हेल्थ केयर अस्पतालका कर्मचारीहरु २ जना, वयोधा अस्पतालको कर्मचारी १ जना र वयोधा अस्पतालमा रहेको खाजा घरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका ५३ बर्षका उप प्रबन्धक समेतमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै वीरगन्ज महानगरपालिका विभिन्न वडाका १३ जना रहेको छ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका-८ हरपुरका २३ वर्षीय पुरुष १ जना रहेका छन् । त्यस्तै बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाको जितपुरमा रहेको नेपाल इन्भेष्टमेण्ट बैकका २८ वर्षीय १ जना कर्मचारी रहेका छन् ।

साथै बारा जिल्ला कलैया-१२ का ४१ वर्षीय महिला रहेकी छिन् । साउन २६ गतेदेखि ३० गतेसम्म स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा २३ जना संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !