३० कार्तिक २०८१, शुक्रबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु

काठमाडौँ, भदौ २२। नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९७९ जनामा पुष्टि भएको छ । नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये ३३८ जना महिलाहरु र ६४१ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७२३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १  

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदपयुरका १ जना, झापाका १६ जना, पाँचथरका ६ जना, भोजपुरका १ जना, मोरङका ३९ जना, सुनसरीका ६५ जना र सोलुखुम्बुका १ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश २

प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४४ जना, महोत्तरीका ३ जना, सप्तरीका १९ जना, सर्लाहीका २० जना र सिरहका ४१जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २९३ जना, काभ्रेका २८ जना, चितवनका १९ जना, दोलखाका ३ जना, धादिङका ४ जना, भक्तपुरका १३ जना, मकवानपुरका ७३ जना, ललितपुरका २० जना र सिन्धुलीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका १८ जना, तनहुँका ६ नवलपरासी पूर्वका १६ जना, पर्वतमा एकजना, लमजुङका १५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश ५

प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका २ जना, गुल्मीका ८ जना, नवलपरासीका २ जना, पाल्पाका ५ जना, प्युठानका एकजना बर्दियाका ४१ जना, बाँकेका ४२ जना, रुपन्देहीका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका २ जना, जाजरकोटका १ जना जुम्लाका १ जना, दैलेखका ३ जना, सुर्खेतका १९ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका ७ जना, कैलालीका ३ जना, बझाङका १ जना र बाजुराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !