८ आश्विन २०८१, मंगलबार

प्रदेश १ मा विराटनगरमा ३३ जनासहित ९५ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

विराटनगर, साउन ३० । प्रदेश १ मा थप ९५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार विराटनगर महानगरपालिकामा ३३ जनासहित प्रदेशमा ९५ जना संक्रमण पुष्टि भएकाे हाे । याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८२१ पुगेको छ ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा मोरङमा ६२ जना, सुनसरीमा २२ जना, झापामा ९ जना र प्रदेश १ बाहिरका २ जना सहित ७६ पुरुषहरु र २८ जना महिलाहरु गरी जम्मा ९५ जना रहेका छन् । यस्तै मोरङकाे विराटनगरका २० जना पुरुषहरु र १३ जना महिला गरी ३३ जना, रंगेलीमा २८ जना छन् । साथै सुन्दरहरैचामा १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

सुनसरीमा २२ जनामा कोरोना संक्रमण देखिएहरुमा ४ जना महिलाहरु रहेका छन् । त्यस्तै सुनसरीको दुहवीका २ जना महिलाहरु, ११ जना पुरुषहरु, घुस्कीका ३ जना पुरुषहरु, इटहरीका २ जना पुरुषहरु, धरानका १ जना महिला र १ जना पुरुष, देवान्जञ्जका १ जना पुरुष र रामधुनीका १ जना महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

यसैगरी झापामा आज दमकका २ जना महिलाहरु, ४ जना पुरुषहरु, भद्रपुरका २ जना पुरुषहरु, शिवसताक्षीका १ जना पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमण देखिएकहरुमध्ये २ जना प्रदेश १ बाहिरका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !