४ जेष्ठ २०८१, शुक्रबार

चितवनका २२ सहित २६ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ ५ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ४ गते प्राप्त भएका नमुनामघ्ये ३०६ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा २६ वटा नमुनाको नतिजा पोजेटिभ र २८० वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका-२, ७, १० र ११ का ८ जना पुरुषहरु र ११ जना महिलाहरु गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो ।

साथै राप्ती नगरपालिका-२ र ८ का गरी थप ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए । यसैगरी संक्रमण पुष्टि हुनेमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका १/१ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. अधिकारीले जानकारी दिइन् ।

नवलपुरका ४० वर्षीय पुरुष १ जनाको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी ३ जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको थियो । चितवनमा आज २२ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ३०३ पुगेको छ ।भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा देखियो २६ जनामा कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !