१२ आश्विन २०८१, शनिबार

चितवनमा थप १६ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

चितवन, साउन २८ । चितवन जिल्लामा थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १६ सहित २१ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै जानकारी दिएकी छिन् ।

चितवनमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिका-१,३,४,८, १० र ११ का ७ जना पुरुषहरु तथा ५ जना महिलाहरु गरी १२ जना, राप्ती नगरपालिका-६ का ३ जना पुरुषहरु र इच्छाकामना गाउँपालिका-५ का १ जना महिला रहेका छन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा साउन २७ गते प्राप्त भएका नमुनामघ्ये ३१० वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा २१ वटा नमुनाको नतिजा पोजेटिभ र २८९ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !