८ आश्विन २०८१, मंगलबार

प्रदेश १ मा एकैदिन थपिए ९८ जना नयाँ कोरोना संक्रमित


कोरोना भाइरस

विराटनगर, साउन २७ । प्रदेश १ मा आज मंगलबार एकैदिन ९८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशमै पहिलो पटक एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले दिइएको जानकारी अनुसार प्रदेश १ मा मंगलबार १६८२ जनाको पीसीआर परीक्षण गरिएकोमा जना ३४ महिलाहरु र ६४ जना पुरुषहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेशमा हालसम्म १५५३ जनामा संक्रमण पुष्टि भइसकेको जानकारी मेहताले दिएका छन् । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा विराटनगर महानगरपालिकाका मात्रै ५० जना छन् । मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ जना, इलाम र ताप्लेजुङमा १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

मोरङका संक्रमितमध्ये विराटनगर महानगरपालिकामा २१ जना महिलाहरु र २९ जना पुरुषहरु गरेर ५० जना रहेका छन् । साथै बूढीगंगा गाउँपालिकामा १० जना पुरुषहरु र बेलबारी नगरपालिकामा १ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

सुनसरीको दुहवीमा २ जना महिलाहरु, ५ जना पुरुषहरु, धरानमा २ जना महिलाहरु र २ जना पुरुषहरु, देवानगञ्जमा ३ जना पुरुषहरु, हरिनगरा र इनरुवामा १/१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा ठेगाना नखुलेका १ जना महिला र १ जना पुरुष पनि कोरोना संक्रमित भएका छन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार उदयपुरको बेलकामा ४ जना पुरुषहरु र ३ जना महिलाहरु, त्रियुगामा ३ जना महिलाहरु र ५ जना पुरुषहरु, झापाको मेचीनगरमा १ जना महिला र १ जना पुरुष, इलामको सूर्योदयमा १ जना र ताप्लेजुङको फुङ्लिङमा १ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !