८ आश्विन २०८१, मंगलबार

प्रदेश १ मा विराटनगरमा ९ सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

विराटनगर, २६ साउन । प्रदेश १ मा विराटनगर महानगरपालिकाभित्र ९ जना सहित ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १६ जना, झापामा ९ जना, सुनसरीमा १४ जना, खोटाङमा १ जना, धनकुटामा १ र सिराहा ठेगाना भएका १ जना गरी जम्मा ४२ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १ जना महिला र ८ जना पुरुषहरु, धनपालथान गाउँपालिकामा १ जना महिला र २ जना पुरुषहरु, सुन्दरहरैचामा ३ जना र पथरी शनिश्चरे नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा ९ जना, इटहरी उपहानगरपालिकामा १ जना र रामधुनी नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै झापाको भद्रपुरमा ३ जना, गौरादहमा ५ जना र कमल गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ । धनकुटामा १ जना र खोटाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रदेश १ मा रहेका सिराहको १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १४६५ पुगेको छ भने जसमध्ये ९१५ जना उपचार पछि निको भएर अस्पतालवाट डिस्चार्ज भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !