काठमाडौँ, साउन २६ । अध्यागमन विभागमा कार्यरत १ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ ।
विदेशी नागरिकहरुलाई दिइने भिसा सम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक तथा सूचना अधिकारी रामचन्द्र तिवारीले बताएका छन् । कार्यालयमा कर्मचारी बाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।