८ आश्विन २०८१, मंगलबार

पर्सामा स्वास्थ्यकर्मी, प्रहरीसहित २२ जनामा देखियो कोरोना संक्रमण


नारायणी अस्पतालको प्रयोगशाला

वीरगञ्ज, साउन २६ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । साउन २४ र २५ गते सम्मका स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा २२ जना संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जानकारी दिए ।

नारायणी अस्पताल स्रोतले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूषहरु र ६ जना महिलाहरु रहेका छन् । आज कोरोना संक्रमित हुनेहरुमा १८ वर्षदेखि ५० वर्षसम्म उमेर समुहका रहेका छन् । नारायणी अस्पताल स्रोतले दिएको जानकारी अनुसार सोमबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना नेपाल प्रहरी रहेका छन् ।

साथै पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टर पनि रहेका छन् । १ जना महिलाको मृत्युपछि कोरोना पुष्टि भएको छ । ४५ वर्षीया महिलाको हिजो गण्डक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका १८ वर्षदेखि ५० वर्षका सम्मका ९ जना, मेग्नस फर्माका ३६ र ४० वर्षका २ जना पुरुषहरु र ४८ वर्षीय महिला कर्मचारी १ जना रहेकी छिन् ।

बारा जिल्ला घर भइ नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी पनि संक्रमित भएकी छिन् । पर्सा जिल्ला पोखरिया नगरपालिकाका-७ का २६ वर्षीय पुरुष १ जना र पोखरिया अस्पतालका २ जना स्वास्थ्यकर्मीलाई पानो कोरोना संक्रमण भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !