३ आश्विन २०८१, बिहीबार

विष्णु पौडेल बसे एकान्तबासमा : अंगरक्षकमा देखियो कोरोना संक्रमण


विष्णु पौडेल

ललितपुर, साउन २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि आज आइतबारदेखि एकान्तबास (आइसोलेसन) मा बसेका छन् । २३ गते शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका अंगरक्षकमा संक्रमण पुष्‍टि भएको हो ।

सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ । उनका पीसओलाई भने प्रहरी अस्पतालमा भर्ना गरिएको छ । महासचिव पौडेलले आइतबारदेखि सबै भेटघाट बन्द गरेर घरमै बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !