८ आश्विन २०८१, मंगलबार

प्रदेश १ मा थप ४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ सय नाघ्यो


कोरोना भाइरस

विराटनगर, साउन २५ । प्रदेश नम्वर १ मा आज आइतबार थप ४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार आज कोरोना पुष्टि हुनेहरुमा मोरङमा २९ जना, सुनसरीमा ६ जना र झापामा ५ जना रहेका छन् ।

नयाँ संक्रमितमा सबैभन्दा बढी मोरङका छन् । प्रदेश १ मा आज कोरोना संक्रमित हुनेहरुमा विराटनगरमा १० जना महिलाहरु र १९ जना पुरुषहरु, सुनसरीको धरानमा १ जना महिला र २ जना पुरुषहरु, इटहरीमा १ जना महिला र १ जना पुरुष, बर्जुमा १ जना पुरुष, झापाको बाह्रदशीमा १ जना महिला र १ जना पुरुष, अर्जुनधारामा २ जना र दमकमा १ जना पुरुष रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १४२३ पुगेको छ । प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ३ जना, उदयपुर र सुनसरीका १/१ जना डिस्चार्ज भएका हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९१५ पुगेको छ । प्रदेश १ मा आज ११०८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १३ जना महिला र २७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म ५३१३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !