काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्यमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सदस्य र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् ।
उनले लेखेकी छिन्, ‘‘अध्यक्ष लगायत हामी सम्पुर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड-१९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ। ऊक्त ६ जना बाहेक हामी सवैको रिपोर्ट नेगेटिभ आएको जानकारी गरॉउदछु। अध्यक्षको सुरक्षामा अहोरात्र खट्टिनुहुने संक्रमित सुरक्षाकर्मी साथीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना..!!!”
तर, प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहने ६ जना सुरक्षाकर्मीमा भने कोरोना पोजिटिभ देखिएको उनले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएकी छिन् । प्रचण्डको सुरक्षामा अहोरात्र खटिने संक्रमित सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना समेत उनले गरेकी छिन् ।