८ आश्विन २०८१, मंगलबार

संघीय संसदका प्रवक्ता पाण्डेमा कोरोना संक्रमण पुष्टि


सङ्घीय संसद फाइल फोटो

काठमाडौं, साउन २२ । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । संसद सचिवालय स्रोतका अनुसार मंगलबार कोरोना परीक्षणका लागि स्वाब दिएका पाण्डेको रिपोर्ट शुक्रबार पोजिटिभ आएको हो ।

संसद सचिवालयका अनुसार लेखा समितिका सचिवसमेत रहेका पाण्डे प्रतिनिधिसभा सदस्य प्रदिप यादव सहितको टोली वन व्यवस्थापनको अनुगमनका लागि केही दिनअघि सिन्धुली गएका थिए । यादव सांसदको सार्वजनिक लेखा समितिका सदस्य समेत हुन् ।

यादवमा कोरोना पुष्टि भएपछि उनीसँगै गएका पाण्डेसहित ८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । यादवलाई कोरोना पोजेटिभ देखिएपछि उक्त टोलीमा रहेका सबै सेल्फ आइसोलेसनमा बसेका थिए । पाण्डेमा संक्रमण पुष्टि भएपनि उनीसँगै गएका अन्य सदस्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !