८ आश्विन २०८१, मंगलबार

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि


प्रहरी हेडक्वाटर

काठमाडौँ, साउन २२ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जनालाई कोरोना भारइस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा मात्र कोरोना संक्रमितको संख्या ८५ पुगेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार थप १० जनामा संक्रमण पोजेटिभ देखिएको छ । नयाँ थपिएका संक्रमितहरू पनि कन्ट्याक्ट ट्रेसिङका क्रममा पत्ता लागेको हो ।

उनीहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । देशभर कोरोनाबाट संक्रमित हुने २०० जना प्रहरीहरुमध्ये ११९ जनाले कोरोनालाई जितेर निको भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !