८ आश्विन २०८१, मंगलबार

नेकपा अध्यक्ष प्रचण्ड निवासका ६ जना सुरक्षाकर्मीमा देखियो कोरोना संक्रमण


प्रचण्ड निवास खुमलटार ????????????????????????????????????

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

हिजो बुधबार निवास खुमलटारमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

बुधबार बिहान विध म्यानेजमेन्ट प्रालिले ५३ जनाको स्वाब परीक्षणमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !