८ आश्विन २०८१, मंगलबार

धरानमा गोर्खा सैनिकसहित १३ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

धरान, साउन २२ । धरानमा एकै परिवारका ५ जनासहित १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका-३ गौधारा बस्ने एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिका स्रोतले जानकारी दिएको छ ।

धरान उपमहानगरपालिका स्रोतका अनुसार उक्त परिवारका ७ वर्षीय बालकसहित ८५ वर्षीय र ४० वर्षीय पुरुष तथा ८० वर्षीया महिला र ३६ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । अन्य ८ जना संक्रमितमध्ये धरान ११ बस्ने २ जना महिला, भारतबाट आएर धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा बसेका ५ जना भारतीय गोर्खा सैनिक र धरानको तरकारी बजारका १ जना पुरुष रहेका छन् ।

भारतीय सेनामा कार्यरत भारतबाट आएर क्वारेन्टाइनमा बसेका धरान-१७ का २८ र २६ वर्षीय पुरुषहरु २ जना , धरान-१५ का ३४ वर्षीय पुरुष १ जना, धरान-११ का ३५ वर्षीय पुरुष १ जना र धरान-१९ का पुरुष १ जना रहेका छन् । धरान-१९ का संक्रमित पुरुषको यसअघि साउन १६ गते नै स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनबाट घर फर्केका थिए । तर उनका साथीहरुको रिपोर्ट पोजिटिभ आएपछि क्वारेन्टाइनमा नै बसेको र दोस्रो पटकका रिपोर्ट पोजेटिभ आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !