८ आश्विन २०८१, मंगलबार

सिरहामा समुदाय स्तरमा फैलियो कोरोना संक्रमण


कोरोना संक्रमण

सिरहा, साउन २२ । हिजो बुधबार सिरहा जिल्लामा ४ थप कोरोना भाइरस (कोभिड-१९) को संक्रमित फेला परेको छ । उनीहरु ४ जना नै समुदाय स्तरका हुन् । मिर्चैया नगरपालिका-५ मा १ जना, सोही नगरपालिकाको मंगलम पोलिक्लिनिकको स्वास्थ्यकर्मी २ जना र गोलबजार नगरपालिकाको पेट्रोल पम्प परिसरमा रहेका लाइन होटलमा १ जनामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

कोरोनाको संक्रमित भेटिएपछि मिर्चैया नगरपालिकाले बिहीबारदेखि साउन ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । सो पेट्रोल पम्प सील गरिएको छ । कोरोना पुष्टि भएसँगै सिरहा प्रशासनले स्वास्थ्य कार्यालयको सहयोगमा संक्रमितसँगको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य सुरु गरेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यसअघि गत शनिबार पनि समुदायका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये सिरहा नगरपालिका-१६ का राजनीतिकर्मी र लहान गरपालिका-८ का गैरसरकारी संस्थामा कार्यरत कर्मचारी हुन् ।

सिरहामा हालसम्म ४४ सय ६६ जनाको स्वाब संकलन गरिएको छ। जसमा २२० जनाको पीसीआर रिर्पोट पोजिटिभ र ३८ सय ८० जनाको निगेटिभ आएको छ। ११७ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

१९१ जनाको कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। २९ जना आइसोलेसनमा उपचाररत छन् । संस्थागत क्वारेन्टाइनमा ३८७ जना र होम क्वारेन्टाइनमा ४०६ जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !