८ आश्विन २०८१, मंगलबार

विराटनगरमा थप १२ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

विराटनगर, १८ साउन । प्रदेश १ को राजधानी विराटनगरमा आज आइतबार थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा थप १२ जनामा संक्रमण देखिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार आज संक्रमण पुष्टि हुनेमा ४ जना महिलाहरु र ८ जना पुरुषहरु रहेका छन् । यससँगै विराटनगरमा काेराेना भाइरस संक्रमितकाे संख्या १२० पुगेकाे छ । केहि दिनयता विराटनगरमा काेराेना संक्रमितकाे संख्या दिन प्रतिदिन बढिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु