८ आश्विन २०८१, मंगलबार

कैलाली जिल्लामा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

धनगढी, साउन १८ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा आज थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलाली जिल्लामा थप २२ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार कैलालीमा कोरोना संक्रमित हुनेहरुमा १७ जना पुरुषहरु र ५ जना महिलाहरु गरी जम्मा २२ जना रहेका छन् । उनका अनुसार आज कोरोना पुष्टि हुनेहरुमा कैलालीको बर्दगोरी गाउँपालिका-५ का ३ जना महिला र ५ जना पुरुषहरु गरी ८ जना, टीकापुर नगरपालिकाका २ जना महिलाहरु र ५ जना पुरुषहरु गरी ७ जना, मोहन्याल गाउँपालिका-५ का २ जना पुरुषहरु, जोशीपुर गाउँपालिका- १ का १ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

साथै डा. पाण्डेका अनुसार धनगढी उप-महानगरपालिकाका २ जना पुरुषहरु, घोडाघोडी नगरपालिका-१ जना पुरुष र गोदावरी नगरपालिकाका १/१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बैतडीको पाटनका २६ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु