१६ असार २०८१, आइतबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन १८, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २४६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०३३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १० जना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा मोरङका १३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा मोरङका १ जना, सुनसरीका ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोशगाला जनकपुरमा गरिएको परीक्षणमा धनुुषाका ३५ जना, चितवनका १ जना, महोत्तरीका ४ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका ७८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका २ जना, डोटीका ११ जना, कैलालीका १० जना, काठमाडौंका ११ जना र ललितपुरका ४ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका १ जना, दार्चुलाका १ जना, गोरखाका १ जना, काठमाडौंका ८ जना, रौतहटका २ जना, सिन्धुलीका १ जना र सुनसरीका १ जना, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा ललितपुरका १ जना, पर्साका १ जना र सल्र्लाहीका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा पर्साका २ जना, ललितपुरका ३ जना र महोत्तरीका १ जना, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ५ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुुङका १ जना लमजङुका ३ जना, स्याङ्जाका ८ जना र तनहुँका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बर्दियाका ९ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ३ जना रुपन्देहीका १ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डोटीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !