३ मंसिर २०८१, सोमबार

पर्सामा थप ४५ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

वीरगञ्ज, साउन १८ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जना पुरूषहरु र १४ जना महिलाहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

साउन १२ गते देखि १६ गतेसम्म स्वाब संकलन गरी शनिबार गरिएको पीसीआर परीक्षणमा नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ । नारायणी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार कोरोना संक्रमित हुनेमा ५ वर्षकी बालिकादेखि ६२ वर्षका पुरूषसम्म रहेका छन् ।

संक्रमण पुष्टि भएका ४५ मा मास ट्रेसिङ र स्वेच्छाले पैसा तिरेर पीसीआर परीक्षण गराएकाहरु रहेका छन् । मास ट्रेसिङमा पीसीआर जाँच गराएका २९ जना, स्वेच्छाले पैसा तिरेर पीसीआर जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना रहेका छन् । पर्सामा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !