८ आश्विन २०८१, मंगलबार

नारायणी अस्पतालमा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना पुष्टि


नारायणी अस्पताल वीरगञ्ज

वीरगन्ज, साउन १५ । पर्सा जिल्लाको वीरगन्जमा अवस्थित नारायणी अस्पतालको प्रयोगशालामा हिजो बुधबार राति गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बुधबार राती स्वास्थ्यकर्मी, प्रहरी, सेनासहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको क्वार्टरमा बस्ने ११ स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित भएका छन् । अस्पतालका २ चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

नयाँ कोरोना संक्रमितहरु ३ वर्षदेखि ६० वर्ष उमेर समूहका १५ महिलासहित ५३ जना रहेका छन् । वीरगन्जस्थित आर्मी ब्यारेकका थप २ सैनिकमा कोरोना देखिएको छ । कोरोना संक्रमित ५३ जनामध्ये ३ जना बारा जिल्ला र बाँकी सबै पर्सा जिल्लामा नै बस्दै आएकाहरू हुन् ।

बाराका संक्रमितमध्ये २ जना जितपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी हुन् । पर्साको छिपहरमाई गाउँपालिका, टिहुकीका एक र पटेर्वासुगौली-५ का ३ जना संक्रमित छन् । अन्य संक्रमित वीरगन्ज महानगरपालिका-३ छपकैया, मुर्ली, सिर्सिया, पानी ट्यांकी, बिर्ता, रेसम कोठीका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु