८ आश्विन २०८१, मंगलबार

नेपालमा कोरोनालाई जितेर निको हुनेको संख्या १४ हजार नाघ्यो


कोरोना संक्रमण मुक्त

साउन १४, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई जितेर निको हुनेको संख्या १४ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १४६ जनाले कोरोना भाइरस जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४०२१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा ७८९, प्रदेश नम्बर २ मा ३०१८, बागमती प्रदेशमा ५१८ र गण्डकी प्रदेशमा १२२७ जना डिस्चार्ज भएका छन् । साथै प्रदेश नम्बर ५ मा ३९१०, कर्णाली प्रदेशमा १६८६ र सुदूरपश्चिम प्रदेशमा २८७३ जना डिस्चार्ज भएका छन् ।

आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ । नेपालमा आज कोरोना संक्रमण नयाँ २१० जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९२७३ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणवाट ४९ जनाको मृत्यु भई सकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !