९ आश्विन २०८१, बुधबार

स्याङ्जामा थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि


स्याङजा प्रहरी कार्यालय

स्याङ्जा, साउन १३ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत थप १६ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । एक प्रहरी दम्पतीसँगै उनीहरूको २८ महिने छोरामा पनि संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज थप १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

सुरुमा साउन ६ मा ३ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । गत सोमबार जिल्ला प्रहरी प्रमुखसहित १८ जनामा संक्रमण पाइएको थियो । स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार मंगलबार जिल्लाका ११९ जनाको रिपोर्ट आउँदा २५ जनामा संक्रमण देखिएको छ ।

आज कोरोना संक्रमण पुष्टि हुने सबैलाई आइसोलेसनमा लागिएको छ । प्रहरी कार्यालयमा ३७ प्रहरी, १ जना शिशु र १ जना थुनुवामा पनि कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । जिल्लाको प्रहरी ब्यारेकका सबै कर्मचारीलाई एकैपटक ज्वरो आउने र रुघा लाग्ने भएपछि ९८ प्रहरी कर्मचारी र हिरासतमा रहेका ४ सहित १०२ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु